अन्तर्राष्ट्रिय

चार दशक शासन गरेका जिम्बावेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे। जिम्बावेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बावेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निर्वाचित हुनु भएको थियो । उहाँले करिब चार दशक देशमा शासन गर्नु भएको थियो । केही समयदेखि बिरामी अवस्थामा...

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

केभिन ट्रबलेट लन्डन, (रासस/एएफपी) । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिनुभएको छ । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी...

तालिबानसँग सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा भीषण विस्फोट

काबुल । अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनः भीषण विस्फोट भएको छ । काबुलको आवासिय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन्...

जर्जियाली प्रधानमन्त्रीद्वारा राजिनामा घोषणा

तिब्लिसी (जर्जिया), (रासस/एएफपी) । जर्जियाली प्रधानमन्त्री मामुका बाख्ताजीद्वारा सोमबार पदबाट राजिनामा दिन लागेको फेसबुकमार्फत घोषणा गर्नुभएको छ । रूससँगको निकट सम्बन्ध र अन्य बेथितिलाई सडकबाट उठाइरहेका सरकारविरोधि प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई सशक्त बनाउँदै लगेका समय प्रधानमन्त्रीको राजिनामा घोषणा भएको हो...

होन्डुरसमा पत्रकारको गोली हानी हत्या

होन्डुरस, (रासस/एएफपी) । मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ ।          होन्डुरसको मानव अधिकार...

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

काबुल । अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन्...

काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गर्नुभएको छ । “म सवै पाकिस्तानीहरुलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,” खानले...

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

लिमा, (रासस/एएफपी) । दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय...

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा, (रासस/सिन्ह्वा) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य...

श्रीलङ्कामा चार महिना लामो सङ्कटकाल अन्त्य

कोलम्बो, (रासस/एएफपी) । श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो । त्यस आक्रमणमा परी २ सय...