सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जर्जियाली प्रधानमन्त्रीद्वारा राजिनामा घोषणा


  •    /१६ भाद्र २०७६, सोमबार २२:५६ 
  • तिब्लिसी (जर्जिया), (रासस/एएफपी) । जर्जियाली प्रधानमन्त्री मामुका बाख्ताजीद्वारा सोमबार पदबाट राजिनामा दिन लागेको फेसबुकमार्फत घोषणा गर्नुभएको छ ।

    रूससँगको निकट सम्बन्ध र अन्य बेथितिलाई सडकबाट उठाइरहेका सरकारविरोधि प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई सशक्त बनाउँदै लगेका समय प्रधानमन्त्रीको राजिनामा घोषणा भएको हो ।

    उहाँले फेसबुकको आफ्नो पेजमा लेख्नुभएको छ, “मैले प्रधानमन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु किनकि मेरो विचारमा आफ्नो लक्ष्य अनुसार काम पूरा गरिसकेको छु ।”

    सन् २०१८ को जुनदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका बाख्ताजीले उक्त सन्देशमा जर्जियाको सत्ताधारी दल ड्रिम पार्टीका पार्टी प्रमुखसमेत रहेका धनाड्य बिजिना इभानिसभिलाई आफ्नो कार्यकालमा सहयोग र विश्वास दिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    यसैबीच जसर्जयाली ड्रिम पार्टीका सांसद जजाई भोल्स्कीलाई उद्धृत गरी रूसी इन्टरफ्याक्स न्यूज एजेन्सीले सत्ताधारी दलले नयाँ प्रधानमन्त्रीको चयनका लागि आवश्यक गृहकार्य थालेको र मङ्गलबारसम्म नयाँ घोषणा गर्ने सम्भवना रहेको उल्लेख गरेको छ ।

    भोल्स्कीले भन्नुभयो, “अहिलेसम्म प्रधानमन्त्री परिवर्तनका बारेमा शतप्रतिशत निश्चितता गरेका छैनौँ, तर नयाँ सरकारको गठनका सम्बन्धमा कुराकानी चलेको छ ।” तर जर्जियाका सञ्चारमाध्यमले वर्तमान् गृहमन्त्री जजाई गाखारियालाई नयाँ नेतृत्वमा ल्याइने सम्भावनाबारे समाचारमा उल्लेख गरेका छन् ।

    सन् २००८ मा रूसीविरूद्ध छोटो लडाईसमेत लडेका जर्जियामा गत जुनमा एक सांसदले जिर्जियाको संसदमा बोलेको बिषयलाई लिएर प्रतिपक्षी दलले सरकारविरोधी अभियान चलाउँदै आएको छ । जसका कारण प्रधानमन्त्रीको राजिनामा आएको अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.