सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मालीमा ३९ लाखलाई मानवीय सहयोगको आवश्यकता


  •    /२८ भाद्र २०७६, शनिबार १९:०५ 
  • संयुक्त राष्ट्रसंघ, (रासस/सिन्ह्वा) । अन्तर जातीय हिंसा बढ्दै गएपछि मालीमा ३९ लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको देखिएको छ ।

    मानवीय अवस्था बिग्रँदै गइरहेकोले सहयोग अत्यावश्यक भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताउनु भएको छ ।

    यस वर्षको सुरुदेखि नै मानवीय सहयोगको आवश्यकता पर्ने व्यक्तिको संख्या २२ प्रतिशतले वृद्धि भएको थियो । त्यो अनुपात अहिले पाँच मध्ये एक जना बाँच्नको लागि अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहनु पर्ने अवस्थामा पुगेको गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले नियमित पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

    जुलाईको अन्त्यसम्म आन्तरिक रुपमा विस्थापित भएका व्यक्तिको सङ्ख्या दोब्बर भएर १ लाख ७० हजार पुगेको छ । अहिले पनि १० लाख भन्दा बढी मानिस गम्भीर रुपमा खाद्य असुरक्षको खतरामा परेको दुजारिकले बताउनु भएको छ। माली २०१२ पछि राजनीतिक र सुरक्षा अवस्था बिग्रँदै गइरहेको छ भने धेरै नागरिक जातीय हिंसाबाट पीडित भएका छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.