सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?


  •    /१८ भाद्र २०७६, बुधबार २२:२६ 
  • केभिन ट्रबलेट
    लन्डन, (रासस/एएफपी) । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिनुभएको छ । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझावहरु दिनुभयो ।

    यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आँकलन गरिएको छ । कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले समर्थन गर्ने विश्वास गरिएको छ ।

    डलरको वर्चस्व किन ?

    सन् १९४४ को ब्रेटन वुड्स सम्झौतापछि अमेरिकी डलरलाई विश्वकै सन्दर्भ मुद्राका रुपमा लिँइदै आएको छ, र त्यतिबेला विभिन्न प्रमुख एकाईहरुलाई हरियो नोटसँग सामान्जस्य बनाइएको थियो । त्यसयता, संयुक्तराज्य अमेरिकाको आर्थिक र राजनीतिक शक्तिका कारण डलरले विश्वव्यापी वर्चस्वलाई कायमै राखेको छ ।

    “प्रमुख मुद्राले सधैँ विश्वको सबैभन्दा ठूलो राजनीतिक शक्तिको मान्यता हासिल गरेको हुन्छ,”, ओस्ट्रम एसेट म्यानेजमेन्टका अनुसन्धान प्रमुख फिलिप विच्टरले उल्लेख गर्नुभयो ।

    अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वव्यापी विदेशी विनिमय सञ्चितिको करिब ६२ प्रतिशत हिस्सा डलरको थियो ।

    युरोपेलीको एकल मुद्रा यूरोको २०.२ प्रतिशतसहित दोस्रो स्थानमा थियो । जबकि अमेरिकापछि विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थतन्त्रको रूपमा उदय भएपनि चिनियाँ युआनले दुई प्रतिशतमात्र हिस्सा ओगटेको छ ।

    हरियो नोटको आकर्षण किन खस्कदैछ ?

    विश्वव्यापीकरण र परिवर्तित विश्व अर्थव्यवस्थाका कारण अमेरिकी डलरले आफ्नो चमक गुमाएको देखिए पनि डलरको व्यापक स्वीकार्यताले अझै पनि विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेकै छ ।

    “व्यापार र अमेरिकी अर्थतन्त्रसँग सापेक्षित रुपमा सीमित प्रत्यक्ष जोखिमबाट मुलुकहरुको वित्तीय अवस्था दुवैमा अमेरिकी विकासले अत्यावश्यकीय प्रभाव सिर्जना गरिरहेको छ,” वाओमिङमा हालै बैङ्करहरूसँगको भेटमा कार्नीले भन्नुभयो ।

    जब डलरको अधिमूल्यन हुन्छ, जसबाट कयौँ उदीयमान मुलुकहरूको पुनर्भुक्तानीमा पनि अधिमूल्यन हुन्छ किनभने ती मुलुकहरूले डलरमै ऋण भुक्तानी गर्नु पर्दछ ।

    सन् २०२० को जनवरीबाट पदमुक्त हुन लाग्नुभएका गभर्नर कार्नीले भन्नुभयो, “पछि गएर हामीले यो खेललाई बदल्नै पर्दछ ।”

    केन्द्रीय बैङ्कको भूमिका ?

    कार्नीका अनुसार केन्द्रीय बैङ्कको रूपमा सरकारले नयाँ भर्चुअल मुद्राका लागि सर्वोत्कृष्ट व्यवस्था गर्नुको विकल्प छैन ।

    “सार्वजनिक क्षेत्र सम्भवतः केन्द्रीय बैङ्कहरुको सञ्जाल मार्फत डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) लाई खुला प्रचलनमा ल्याउन सक्लान् त भन्ने यो एउटा खुला प्रश्न हो”, कार्नीले भन्नुभयो ।

    फेरि पनि केन्द्रीय बैङ्करहरू र विश्वका नेताहरू क्रिप्टोकरेन्सीको वर्तमान खेतीप्रति चिन्तित रहेका छन् किनकी तिनीहरू अवैध र अनियन्त्रित छन् ।

    डलरजत्तिको भरपर्दो नभएको र कुनै स्थायी वा निर्भरता नभएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले बिटकोइन र फेसबुकले चलनचल्तीमा ल्याउन खोजेको लिब्राको आलोचना गर्नुभएको छ ।

    विश्वको प्रमुख सञ्चित मुद्राको रूपमा विश्वभर बर्चश्व कायम राखेको हरियो नोटको प्रतिष्ठा र लोकप्रियता खस्कियोस् भन्नेमा अमेरिका पक्कै छैन । विश्वका प्रबुद्ध टिप्पणीकारहरु अमेरिकाले डलरको बर्चश्व जोगाउन भरमग्दुर प्रयत्न गर्नेमा विश्वस्त छन् ।

    “कुनै लडाइँबेगर अमेरिकाले यस्तो गर्ने अनुमति अरुलाई दिने छैन । कोही पनि अहिल्यै अमेरिकासँग लड्न इच्छुक देखिँदैन,” राबोबैङ्कका विश्लेषकहरूले बताए ।

    लिब्राको भविष्य के हुनेछ ?

    गभर्नर कार्नीले जुन महिनामा सामाजिक सञ्जाल फेसबुकले सार्वजनिक गरेको लिब्रा नामको क्रिप्टोकरेन्सीको उदाहरण दिनुभयो ।

    कार्नीले बिटकोइनका बारेमा केही भन्नु भएन । समकालीन विश्वमा यो सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो तर यसमाथि विश्वासको संकट छ ।

    सन् २०२० को पहिलो छ महिनामा प्रयोगमा ल्याउने उद्देश्य रहेको लिब्रालाई बिटकोइन र अन्य भर्चुअल मुद्राजस्तै अनियन्त्रित घटबढबाट बचाउन जरुरी छ । यहाँ विश्व बजारमा लिब्राको प्रवेशले केन्द्रीय बैङ्कहरूको भूमिकालाई पुनः आकर्षित गरेको छ ।

    “केन्द्रीय बैङ्कहरू परिवर्त्य मुद्रालाई निजीकरण गर्ने फेसबुकको प्रयासबाट केही क्रुद्ध बनेका छन्”, पेरिस स्कूल अफ इकोनमिक्सका अनुसन्धाता एग्नेस बेनासी–क्वेरले भन्नुभयो ।

    लिब्रा फेसबुकसहित १०० साझेदार फर्महरूद्वारा सह–व्यवस्थित हुनेछ जबकि बिटकोइन पूर्ण रुपमा विकेन्द्रीत छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.