सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आणविक उर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्रीको भनाई


  •    /२६ भाद्र २०७६, बिहीबार १९:३१ 
  • टोकियो, (रासस/एएफपी) : जापानका नव नियुक्त वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राख्नुभएको छ ।

    जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गर्नुभएको मन्त्रिपरिषद हेरफेरपछि उहाँ वातावरण मन्त्रीमा नियुक्ति हुनुभएको थियो । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहन्छ ।

    शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उहाँंले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राख्नुभएको हो ।

    आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उहाँले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गर्नुभएको हो ।

    देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उहाँले बताउनुभयो । यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.