राष्ट्रिय

विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिए
-न्युजभित्तो

कञ्चनपुर, १० चैत । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।...

ब्राउनसुगरसहित छ युवा पक्राउ
-न्युजभित्तो

उदयपुर, १० चैत । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी...

आगामी जेठ ३० गते स्ववियुको निर्वाचन गर्ने सहमति
-न्युजभित्तो

काठमाडौं, १० चैत । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने सहमति भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित  पाँच बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन...

खनाल-नेपाल समूह निकट अनेरास्ववियु राष्ट्रिय भेला आज हुँदै,नेपालले सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं, चैत १०। खनाल-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेला आज हुँदैछ। भेलालाई माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। केही दिनअघि नेपाल-खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरुप नै आज सो पक्षले...

नेपाल विद्युत् प्राधिकरण भरतपुरले बढायो सबस्टेशनको क्षमता
-न्युजभित्तो

भरतपुर, १० चैत । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेरै क्षमता वृद्धि गरिएको हो । भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा जारी
-न्युजभित्तो

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। बिहान साढे ९ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ। एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन...

दशरथ रंगशालामा एक वर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा हेर्न पाउँदै नेपाली दर्शक
-न्युजभित्तो

काठमाडौं, १० चैत । दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो। विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय...

९ जिल्लाले मानेन कांग्रेसको निर्देशन
-न्युजभित्तो

काठमाडौं, १० चैत ।  क्रियाशील सदस्यता वितरण र नवीकरण गरी त्यसको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आजसम्म पठाइसक्नु पर्ने भए पनि ९ जिल्ला कार्यसमितिले यो काम सुरू नै गरेका छैनन्। १४ औं महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भए पनि सप्तरी, सिरहा,...

राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व
-न्युजभित्तो

काठमाडौँ, ९ चैत । राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा. डा माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले...

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता, आजै द्धिपक्षीय सम्झौता समेत हुँदै
-न्युजभित्तो

ढाका, ९ चैत। बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल...