सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसको कारण सुरक्षित रूपमा होली मनाउन कांग्रेस सभापति देउवाको आग्रह


  •    न्युजभित्तो/१५ चैत्र २०७७, आईतवार ०८:१९ 
  • काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्।

    कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकोले सुरक्षित रूपमा होली मनाउन देउवाको आग्रह छ।

    होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन्। होली धार्मिक र साँस्कृतिक पर्व भएको देउवाको भनाइ छ।

    होली पर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ,’ देउवाले भनेका छन्, ‘मुलुकमा फेरि पनि कोभिड १९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरेर भौतिक दुरी राख्दै सुरक्षित रुपमा यो पर्व मनाउन म सबैलाई आग्रह गर्दछु।’

    उनले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई होली आएको उल्लेख गर्दै सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने पनि बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.