सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बस र स्कुटर एकआपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार २०:२६ 
  • चितवन,१४ चैत ।  चितवनको भरतपुर महानगरपालिका २२ पकौडीमा बस र स्कुटर ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तिनै जना एक परिवारका हुन् ।

    आज (शनिबार) साँझ ६:२० बजे भरतपुर-माडी-ठोरी चल्ने भित्री सडक खण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको हो ।

    दुर्घटनामा परी स्कुटर चालक भरतपुर ६ गीतानगरका ४०/४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया बिनिशा अधिकारी र चालकको दाईको छोरी १७ वर्षीया दिविशा अधिकारीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    गम्भीर घाइते भएका तिनै जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको हो । ठक्कर दिने बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.