सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली घरमानै खेल्न प्रशासनको आग्रह


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार १४:०९ 
  •  चितवन  १४ चैत।   जिल्ला प्रशासन कार्यालय चितवनले यसवर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ ।

    कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण वढ्दै गएकाले नेपालमा पनि वढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीद्धारा जारी सूचनामा भनिएको छ “जिल्लामा कोभिड १९ सङ्क्रमणको संम्भाबत जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागु पर्व घरमै वसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।

    ” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक लगाएतका भिडभाड हुने कार्यक्रम नगन – नगराउनुहुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमित रुपमा हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।

    जिल्लामा अहिले कोरोना सङ्क्रमितको संख्या ३० रहेको छ । जस मध्ये २५ जना होम आइसोलेसन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । अहिले सम्म कोरोना सङ्क्रमितको संख्या ६ हजार ९ सय ७ जना पुगेको र १ सय १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.