राष्ट्रिय

खानेपानी नपाएका उपभोक्ताबाट अब शुल्क लिइँदैन : प्रधानमन्त्रीले ओली
-न्युजभित्तो

काठमाडौं २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट खानेपानी सेवा नपाएका उपभोक्ताले पनि शुल्क र जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गरिने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताए...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा गणना कार्य शुरु
-न्युजभित्तो

कञ्चनपुर, २० चैत ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र...

सात निर्माण कम्पनीमाथि कारवाही
-न्युजभित्तो

वाग्मती, २० चैत । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा...

नेपालमा साढे दुई करोड जनसङ्ख्यामा पहुँचमा इन्टरनेट
-न्युजभित्तो

काठमाडौँ, २० चैत । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा...

नेपाल समूहको वैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाल
-न्युजभित्तो

काठमाडौं २० चैत । नेकपा एमालेको माधव नेपाल समूहको वैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारवाहीको भत्र्सना गरेको छ । उक्त कारवाहीले नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको नेता भिम रावलले बताए । वैठकबीचमा निस्केर पत्रकारसँग छोटो...

राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार ,सरकारले आवश्यकता हेरेर नयाँ पेट्रोल पम्प खोल्न दिन्छ : उद्योगमन्त्री भट्ट
-न्युजभित्तो

काठमाडौं, २० चैत। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम...

प्रधानमन्त्रीविरुद्धको अवहेलना सम्बन्धी मुद्दामा आज हेर्न नभ्याइने
-न्युजभित्तो

काठमाडौं २० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो । सो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको थियो...

त्रिदेशीय कप फुटबलका विजेत खेलाडीलाई जनही रु चार लाख दिने
-न्युजभित्तो

काठमाडौँ, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार÷चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राससलाई जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित...

दिगो विकासमा काम गर्नेलाई रु १० लाखको पुरस्कार घोषणा
-न्युजभित्तो

विराटनगर, २० चैत ।‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् ।  विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई...

कैलालीमा तोरीको उत्पादन बढ्योः किसानमा खुशीयाली
-न्युजभित्तो

टीकापुर, २० चैत । कैलालीमा तोरी उत्पादन बढेको छ ।गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ । “गत वर्ष प्रतिहेक्टर...