सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा कोरोना संक्रमणमा वृद्धि भएको बताउँदै सतर्क रहन आग्रह : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १६:३५ 
  • काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा वृद्धि भएको बताउँदै सतर्क रहन आग्रह गरेका छन् ।

    चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभालाई विहिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले खुला सीमाका कारण कोभिड जोखिम बढेको भन्दै सतर्क रहन भनेका हुन् ।

    अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्ने चेतावनी दिँदै प्रधानमन्त्रीले सावधानीका उपाय अपनाउन आग्रह गरे । उनले भने, ‘यदि हामी सावधान भएनौं भने, हाम्रो जनजीवनलाई पनि ठप्प नगरौं तर, बाध्य भएरै ठप्प पार्ने स्थिती आउन सक्छ ।’

    कोभिड–१९ विरुद्धको खोपले शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सुरक्षित विधि रहेको उनले बताए । ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.