सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १६:२० 
  • काठमाडौं  २६ चैत। अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि सरकारले ५० करोड दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ता स्वरुप ५० करोड दिने निर्णय गरेको हो ।

    विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको परिषद्का सदस्य सचिव समेत रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

    उनले भने । ‘रकम यस अघि नै दिइसक्नुपर्ने हो । तर बजेट अभावका कारण रकम पठाउन सकेका थिएनौं । आजको परिषद् बैठकले निर्णय गरेको छ । अब तत्काल हामी पहिलो किस्ता रकम दिन्छौ ।’ ‘मनसुनजन्य विपद्का कारण घरमा क्षति पुगेका परिवारका लागि पुनःनिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि’ अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ प्रति घर दिइने भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.