सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमै उत्पादन वृद्धि गरौं, व्यापार घाटा सन्तुलनमा आउँछ : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १५:३१ 
  • काठमाडौं २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक वस्तुको आयात रोकेर नेपालमा नै उत्पादन वृद्धि गर्दा वैदेशिक व्यापार घाटा सन्तुलनमा आउने बताएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको उद्योग र व्यापारका क्षेत्रका लागि सरकारले आवश्यक अनुसार काम गर्न तयार रहेको बताए ।

    उनले अहिलेको सरकारले सबै क्षेत्रको मात्रै अध्ययन गरेर विकास गरिरहेको र त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

    ‘हामी काम गर्न नदिने तत्वहरूलाई पन्छाउँदै अगाडि बढिरहेका छौं । क्षमता बोकेका मान्छेहरूले देशलाई अगाडि बढ्न सहयोग गरिरहेका पनि छन्,’ प्रधानमन्त्री ओलीले भने ।

    नेपालमा एउटा उद्योग सञ्चालन गर्दा पूरा गर्नुपर्ने प्रक्रिया लामो भएको र अब त्यसलाई सहज बनाउन सरकार लागि पर्ने समेत प्रधानमन्त्रीले बताए । उद्योग सञ्चालनका लागि योजना बनाएर कार्यन्वनमा लैजाने बेलासम्म मानिसको आधा उमेर भएकाले त्यसलाई संशोधन गरेर लैजाने उनले बताए ।

    सरकार उद्योगधन्दाको सबै काम सहज बनाउन एकल बिन्दु सेवा केन्द्रको स्थापना गरेर दर्ता र नवीकरणलगायतका काममा सहजीकरण गर्न लागि परेको छ । झन्झटीलो प्रक्रियालाई परिवर्तन गरेर सरल बनाउँदै निजी क्षेत्रलाई अगाडि बढ्ने वातावरण सकारले निर्माण गर्नेछ । उनले भने, ‘अब अतिआवश्यक वस्तुमात्रै आयात गर्ने अवस्थाको निर्माण गर्नुपर्छ ।  नेपालबाट वस्तु निर्यात गर्ने वातावरण निर्माण गरी नेपालले निर्यातमूलक वस्तुको उत्पादन वृद्धि गर्नुपर्छ । अनावश्यक वस्तुको आयात रोकेर प्रयोग बन्द गर्दा नेपालको व्यपार घाटा सन्तुलनमा आउँछ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.