सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप:कांग्रेस युवा नेता थापा


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १५:१४ 
  • काठमाडौं, २६ चैत  । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले बिना कुनै तयारी र लहडको भरमा विकास आयोजनाको शिलान्यास गरेर तमासा गरेको आरोप लगाएका छन्।

    ‘निर्माण सम्पन्न दुई वर्षअघि भएको पुलको उद्घाटन अहिले गरिएको छ। बीचबाटोमाा पुगेको कामको शिल्यान्यास गरेको छ,’ बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले भने, ‘प्रयोगमा आइसकेको चिजको उद्घाटन अहिले गरेको छ । यो के को तमासा हो ?’

    राष्ट्रिय गौरवका आयोजना थला परेर बसेको तर प्रधानमन्त्री गफ चुटेर बसेको अरोप थापाले लगाए। ‘राष्ट्रिय गौरवका आयोजना थला परेर बसेका छन्,’ थापाले भने, ‘गर्नु पर्ने काम गरेको छैन्, मिथ्यांक ल्याएको छ। गफ चुटेको छ, बसेको छ । यो भयो भनेको छ ।’

    बिना कुनै डिपिआर १सय ६५ वटा रणनीतिक सडकको शिलान्यास गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्य समेत गरे।

    थापाले भने, ‘१ सय ६५ वटा सडक मात्रै किन शिलान्यास ? एकैपटक १६ सय गरिदिम यत्तिको बलियो प्रधानमन्त्री भएका बेला।’

    मिथ्यांक मात्रै पेस गरिरहेको भन्दै तथ्यांकमा टेकेर बहस गर्न संसदमा आउन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता समेत दिए। उनले भने, ‘प्रधानमन्त्रीज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तिो दिन चाहान्छु । चुनौती दिन चाहान्छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.