राष्ट्रिय

तीन हजार ५४० संक्रमित थपिए, आठ हजार २४३ कोरोनामुक्त, ६८ को मृत्यु
-न्युजभित्तो

काठमाडौं, जेठ २२ गते । नेपालमा एकैदिनमा कोरोनामुक्त हुने सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो...

लायन्सको ईन्टरनेशनल डाईरेक्टर इन्डोर्समा बालकृष्ण बुर्लाकोटी निर्वाचित
-न्युजभित्तो

चितवन, २२ जेठ । लायन्स क्लब ईन्टरनेशनल मल्टिपल डिष्ट्रिक ३२५ को ईन्टरनेशनल डाईरेक्टर इन्डोर्समा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनु भएको छ । शुक्रबार र शनिबार अनलाईनमार्फत् सम्पन्न अधिवेशनले बुर्लाकोटीलाई निर्वाचित गरेको हो । मल्टिपल डिष्ट्रिक ३२५ मा डिष्ट्रिक ए वान, ए...

१७ सदस्यीय मन्त्रीपरिषद् पुनर्गठन (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं, २१ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पुनर्गठित मन्त्रीपरिषद्मा तीना जना उपप्रधानमन्त्री सहित ११ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । हेर्नुहोस् सूचि प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग...

मन्त्रीमण्डल पुनर्गठन हुँदै, जसपाबाट को को बने मन्त्री ?
-न्युजभित्तो

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दै हुनुहुन्छ । उक्त मन्त्रीमण्डलमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको हो । मन्त्रीहरुको सपथ आजै साँझ ६ बजे राखिएको बताईएको छ। जसपा स्रोतका अनुसार...

थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,२१ जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं,२१ जेठ। अब हरेक पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने भएको छ। मन्त्रिपरिषद बैठकले पुस ११ लाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ...

कोरोना कहरबीच गोलभेँडा फलाउँदै सुवेदी
-न्युजभित्तो

वासुदेव पौडेल गण्डकी, २१ जेठ । श्रम र सीप भएमा बेरोजगार बस्नु पर्दैन भन्ने दरिलो उदाहरण बन्नुभएको छ पर्वतको फलेवास नगरपालिका–९ भङ्गर जन्मस्थान भएका कृष्णप्रसाद सुवेदी । कोरोना महामारीका कारण लाखौँ युवा बेरोजगार बनिरहेको अवस्थामा हाल पोखरा महानगरपालिका–३३ बागमारामा बस्दै...

एटीआर-७२ जहाजमार्फत तुम्लिङटारमा बुद्धको परीक्षण उडान
-न्युजभित्तो

काठमाडौं,२१ जेठ  । बुद्ध एयरले एटीआर-७२ जहाजबाट संखुवासभाको तुम्लिङटार विमानस्थलमा परीक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा नेतृत्वमा सो उडान भरिएको हो । तुम्लिङटार परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित विमान कम्पनीका अपरेसन तथा प्राविधिक टिमका अधिकारी सहभागी थिए...

कोभिडबाट मृत्यु भएका परिवारलाई एक लाख सहयोग दिने ललितपुर महानगरको निर्णय
-न्युजभित्तो

ललितपुर,२१ जेठ  । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड – १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने...

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु
-न्युजभित्तो

पाँचथर, २१ जेठ । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । उनीहरुलाई...