सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विएसपी नेपालद्वारा झण्डै दुई करोडको स्वास्थ्य सामग्री सहयोग


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १२:१२ 
  • काठमाडौँ, २५ जेठ । विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई रु एक करोड ९० लाख बराबरका पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।

    ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन उद्देश्यले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई स्वास्थ्य संस्थामा आवश्यक सामग्री वितरण गरिएको विएसपी नेपालका अध्यक्ष शेखर अर्यालले बताउनुभयो । राष्ट्रिय विपद्को अवस्थामा सरकारको मात्र मुख नताकी जनस्तरबाट सक्दो सहयोग गर्न र कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन यस किसिमको सहयोगको विशेष महत्व रहने उहाँको धारणा छ ।

    ती स्वास्थ्य सामग्रीहरु वितरण गर्ने क्रममा अध्यक्ष अर्यालले यस किसिमको सहयोगबाट स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा आम नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । सोही संस्थाका कार्यकारी निर्देशक प्रकाश लामिछानेले विशवव्यापी महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताउनुभयो ।

    माई कलाइमेन्ट फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सर्जिकल मास्कसहित १० हजार पिपिई सेट उपलब्ध गरिएको उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक लामिछानेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै भविष्यमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन यस्ता स्वास्थ्य सामग्री केही सहयोग पुग्ने भएकाले विएसपी नेपालले सामाजिक भावनाबाट प्रेरित भई गाउँपालिका, नगरपालिका र अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

    देशका ग्रामीण वस्तीहरुमा वायोग्यास प्रविधिको विकास र विस्तार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले यसअघि पनि यस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअनुसार विभिन्न राहत सहयोग गर्दै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.