सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारलाई खोप उपलब्ध गराउन माग गर्दै प्रजिअ र स्वास्थ्य कार्यालय प्रमुखलाई ज्ञापन


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १२:४१ 
  • चितवन, २५ जेठ । कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज मंगलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र स्वास्थ्य कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

    महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापन पत्र बुझाउँदै अघिल्लो चरणमा खोप लगाउन छुटेका पत्रकारहरुलाई प्राथमिकता दिएर उपलब्ध गराईदिन आग्रह गरेको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले ज्ञापनपत्र बुझाउँदै भन्नुभयो “स्वास्थ्यकर्मीसँगै अग्रमोर्चामा जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई प्राथमिकता दिएर खोप लगाउने व्यवस्था गरिदिन आग्रह गर्दछौं ।” उहाँले जिल्लामा महासंघका १५० हाराहारी सदस्य खोप लगाउनबाट छुटेको जानकारी दिनुभयो । उहाँले महासंघको सदस्य नरहेका तर सञ्चारक्षेत्रमा खटिएका अरु थप पत्रकारहरु पनि रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि खोप लगाउने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी लामिछानेले पत्रकारहरु उच्च जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउँदै आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “यो चरणमा सम्भव हुने देखिंदैन अर्काे चरणका लागि मैले सम्भव भएसम्म प्रयास गर्छु ।” उहाँले पत्रकारहरुले पनि खोप उपलब्ध गराउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्न आग्रह गर्नुभयो ।

    यसैगरी स्वास्थ्य कार्यालय प्रमुख दीपक प्रसाद तिवारीलाई पनि आजै महासंघको टोलीले ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा तिवारीले माथिल्लो निकायमा यस सम्बन्धी जानकारी गराउने बताउँदै आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    दुवै कार्यक्रममा महासंघका सल्लाहकार तिलक रिमाल, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष राजेन्द्र आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्य सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.