सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार मियाँलाई धम्की आएको भन्दै भत्र्सना


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १०:५९ 
  • काठमाडौँ, २५ जेठ । नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भत्र्सना गरेको छ ।

    कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य मियाँलाई निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तरवार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौँमा दुव्र्यवहार र धम्क्याएको घटनाप्रति भत्र्सना गरिएको हो ।

    “समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासो भएमा त्यसउपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निर्वमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो, महासङ्घ पत्रकारलाई हतोत्साहित बनाउने यस कार्यको कडा शब्दमा भत्र्सना गर्दछ”, प्रतिष्ठानद्घारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिष्ठानले घटनामा संलग्न निवर्तमान मन्त्री आलेलाई कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.