राष्ट्रिय

संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको छ : मुख्यमन्त्री राउत
-न्युजभित्तो

जनकपुरधाम,१४ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस् भन्ने चाहेको आरोप लगाएका छन् । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ । प्रदेशको...

लहानको बजेट रु दुई अर्बः आँप पार्क निर्माणमा जोड
-न्युजभित्तो

लहान, १४ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित...

जल तथा मौसम विज्ञान विभागकाे चेतावनी : बुधबारदेखि भारी वर्षा हुने
-न्युजभित्तो

काठमाडौं, १४ असार  । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय...

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक
-न्युजभित्तो

काठमाडौं, १४ असार । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र...

झापाका दुई गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने
-न्युजभित्तो

झापा, १४ असार  । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत...

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना
-न्युजभित्तो

डोटी, १४ असार  । कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६...

कबड्डीका मुख्य प्रशिक्षकमा भट्ट नियुक्त
-न्युजभित्तो

कञ्चनपुर, १४ असार ।  जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश...

प्रतिनिधि सभा विघटनविरुद्धमा आज विपक्षीको तर्फबाट बहस सुरु हुँदै
-न्युजभित्तो

काठमाडौं, १४ असार । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा आजदेखी विपक्षीको तर्फबाट बहस सुरु हुँदै छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् । रिटमा विपक्षी...

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने
-न्युजभित्तो

गण्डकी, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै...

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण
-न्युजभित्तो

रसुवा, १४ असार । लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल...