सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौँ डिभिजनको ८० प्रतिशत भौतिक प्रगति हुने अपेक्षा


  •    न्युजभित्तो/१८ असार २०७८, शुक्रबार १२:३८ 
  • काठमाडौं,१८ असार । डिभिजन सडक कार्यालय काठमाडौँले चालु आवमा लक्ष्यभन्दा ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका पाँच÷छ दिन काम गर्न पाएमा सो प्रगति हासिल गर्न सकिन डिभिजनले जनाएको छ ।

    चालु आवमा कोभिडका कारण काममा बाधा पुगेकाले डिभिजनले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको छ । विगत दुई महिनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको डिभिजनले जनाएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिरहेको डिभिजन प्रमुख कुवेर नेपालीले बताउनुभयो । वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन । उहाँले भन्नुभयो, “अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।”

    डिभिजनले २१ किमी नियमित मर्मतको लक्ष्य राखेकामा अहिलेसम्म झण्डै १३ किमी सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमा नै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताउनुभयो । उहाँका अनुसार अझै पनि दुई÷तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालु आवमा १५ किमी लक्ष्य लिइएकामा अहिलेसम्म १० किमी सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि मर्मतको काम गर्न सकिने देखिन्छ ।”

    विगतका वर्षमा काठमाडौँका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकामा गत आवमा मुख्य सडकमा कालोपत्र थप्ने काम ९ओभरले० भएको थियो । चालु आवमा गत आवमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’ को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा एकातिर सङ्क्रमितको सङ्ख्या उच्च हुनु र अर्कातिर प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न सकेको थिएन ।

    डिभिजनले चालु आवमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । हेर्दा सुन्दर पैदलयात्रु मार्ग अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सबैलाई हिँड्न सजिलो हुने किसिमको छ । डिभिजनले चालु आवमा नयाँ सडकको निर्माण मुख्य शहरी क्षेत्रभन्दा पनि चक्रपथ बाहिरका क्षेत्रमा निर्माण गरिरहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.