सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै, सुत्केरी सेवा लिने बढे


  •    न्युजभित्तो/१८ असार २०७८, शुक्रबार १४:१० 
  • चितवन, १८ असार  । भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो ।
    भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल कोभिडका बिरामी घटेसँगै प्रसूतिका बिरामी वढेको बताउनुहुन्छ ।
    कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उहाँको भनाइ छ । विगतका वर्षहरुमा अस्पतालमा दैनिक ३५ देखि ५० जना सम्मले सो सेवा लिएको स्मरण गर्दै उहाँले क्रमशः बढ्दै जाने वताउनुभयो । प्रसूति मध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरेको पोख्रेल बताउनुहुन्छ ।
    विगतमा यो प्रतिशत ३० हाराहारी थियो । कोभिडका बिरामी वढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको उहाँको तर्क छ । अस्पतालको स्त्रीरोग विभागमा १२ विषेशज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन् । अस्पतालका रहेका क्याविनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ । हाल १४ पुराना क्याविन वाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन् ।
    अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याविन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने जानकारी दिनुभयो । अस्पतालका सूचना अधिकारी लिलाधर पोडेलले असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जानकारी दिनुभयो । अस्पतालमा एक सय ९० कोभिडका बिरामी राख्न मिल्छ । कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको पौडेलले जानकारी दिनुभयो । आज यो सङ्ख्या ७० मा झरेको छ ।
    अस्पतालमा कोरोना सङ्क्रमित महिलाकोसमेत प्रसूति गरिन्छ । निजी अस्पतालले प्रसूति गराउनु पर्ने महिला सङ्क्रमित भएमा पनि भरतपुर अस्पताल पठाउने गर्दछन् । कोरोना सङ्क्रमण देखिए यता अस्पतालमा ३२ सङ्क्रमितले सुत्केरी सेवा लिइ सकेका छन् । ती मध्ये १० जनाको शल्यक्रिया गरीएको हो । पौडेलले सङ्क्रमित प्रसूतिका बिरामीलाई राख्ने र शल्यक्रिया गर्ने ठाउँ छुट्टै भएकाले आमाहरुले सुरक्षित महशुश गर्ने गरेको जानकारी दिनुभयो । राजधानीको प्रसूति गृहपछि देशमानै सबैभन्दा बढी सुत्केरी हुन यहाँ आउने गर्दछन् ।
    पौडेलका अनुसार एक वर्षमा १४ हजार हाराहारीले यहाँबाट सेवा लिने गरेका छन् । यहाँ चितवन सहित १९ जिल्लाका महिला प्रसूतिलाई आउँछन् । धेरै मकवानपुर, नवलपरासी र गोरखाका हुन्छन् । कोभिडका कारण टाढाका सुत्केरीले जिल्ला अस्पतालमा सेवा लिने गरेपनि पछिल्ला दिनमा ती जिल्लाका बिरामी आउनेक्रम बढेको छ । अस्पतालमानै शिशु सघन उपचार कक्ष समेत भएकाले सहज भएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.