राष्ट्रिय

जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा
-न्युजभित्तो

खोटाङ, २२ भदौ । नेकपा ९एमाले०बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (कीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित...

नेपाली पर्यटकलाई अफर दिँदै सौराहाका होटल
-न्युजभित्तो

चितवन, २२ भदौ । गत वर्षको चैत यता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य...

त्रिविको भर्नासम्बन्धी अत्यन्तै जरुरी सूचना
-न्युजभित्तो

  काठमाडौं,२१ भदौ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ । त्रिविले एक सूचना जारी गर्दै भनेको छ, ‘यस अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७७÷७८ को लागि पक्लिहवा क्याम्पसमा सञ्चालन हुने पशु...

गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ देखि खुला गरिने
-न्युजभित्तो

गोरखा,२१ भदौ । गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने...

काँग्रेस महाधिवेशन : रत्ननगरका १४ वटा वडामा सर्बसम्मत नेतृत्व
-न्युजभित्तो

चितवन,२१ भदौं । नेपाली काँग्रेसले रत्ननगरका १४ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार भएको वडा अधिबेशनले रत्नननगरका १६ वटा वडा मध्ये १४ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको हो । वडामा निर्वाचित...

चितवनमा दुई फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

चितवन,२१ भदौं । चितवनमा दुई फरार प्रतिवादी पक्राउ परेका छन्। कर्तव्य ज्यान र जवरजस्ति करणी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रहरीले चितवन जिल्ला अदालतबाट २०७७ असोज २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र ३०...

काठमाडौं उपत्यकामा भारी वर्षा, चार सय घर डुबानमा
-न्युजभित्तो

काठमाडौं,२१ भदौं । उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ। ​गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको छ।...

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता
-न्युजभित्तो

काठमाडौं,२१ भदौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई...

नख्खु कारागारमा झडप, नाइकेविरुद्ध कैदीबन्दीको नाराबाजी
-न्युजभित्तो

काठमाडौं,२० भदौ । ललितपुरस्थित नख्खु कारागारका नाइकेविरुद्ध अन्य कैदीबन्दीहरु नाराबाजी गरेका छन् । नाइकेले कारागारभित्रै रहेको होटलका सामानको मूल्य बढाएको भन्दै अन्य कैदीबन्दीले दोषीमाथि कारवाही र नाइकेको सरुवाको माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुका बीचमा सामान्य झडप समेत...

सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
-न्युजभित्तो

काठमाडौं ,२० भदौ। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको...