सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्रालयको मुल्यांकनमा चितवन प्रशासन देशकै उत्कृष्ट स्थानमा


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १६:५२ 
  •  चितवन,२७ भदौं । जिल्ला प्रशासन कार्यालय चितवनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ स्थान ल्याउन सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-७८ को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा चितवन प्रशासनले उत्कृष्ट अर्थात् ‘ए ग्रेड’ ल्याएको छ ।

    ‘ए ग्रेड’ ल्याउने देशभर १४ वटा जिल्ला छन् । चितवन १२ औँ नम्बरमा परेको छ । कार्यसम्पादन मूल्याङ्कनमा झापा, अर्घाखाँची र रुकुमपूर्व प्रथम भएका छन् । ललितपुर र रुकुमपश्चिम द्वितीय भएका छन् भने गुल्मीले तृतीय स्थान ओगटेको छ ।

    विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा चितवन उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याग्जा, सोलुखुम्बु, लमजुङ, बागलुङ, गोर्खा, जाजरकोट हुम्ला, कालिकोट, पर्वत र संखुवासभाको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट अर्थात ‘ए ग्रेड’मा परेका छन् ।

    गृहमन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, विकास निर्माण अनुगमन र समन्वय, आर्थिक सुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापनको आधारमा ग्रेड छुट्टाइएको हो ।

    यस्तै, झापा, अर्घाखाँची र रुकुमपूर्व सर्वोत्कृष्ट अर्थात् ‘ए प्लस’ ग्रेड ल्याउन सफल भएका छन् । त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुर, मकवानपुर, तनहुँलगायत १८ जिल्ला समावेश भएका छन् । मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ, पर्सा, नवलपरासी (सुस्ता पश्चिम) लगायत
    परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.