सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झोलुङ्गे पुलसँग जोडिएको समृद्धि र विकासको आशा


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १४:२६ 
  • गण्डकी, २५ भदौ । सुन्दा अनौठो लाग्न सक्छ, पुल भएका अवस्थामा आठ÷१० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका स्थानीयवासी अहिले भने त्यहाँ जान झण्डै एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन् ।

    लामो समयदेखि चर्चामा रहेर पनि बन्न नसकेको तल्लो गगनडौडाको बाह्रसय चौतारा क्षेत्रको नवीन टोलबाट मालमूल फाँटको स्यालतहरा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत वर्ष विस्तृत आयोजना प्रतिवेदन९डिपिआर० तयार भएपछि अब भन्ने बन्ने आशा जगाएको छ । यस क्षेत्रका लागि वडा कार्यालय जोड्नका लागि झेलुङ्गे पुल अपरिहार्य भएका अवस्थामा यस वर्षदेखि काम सुरु हुन्छ भन्ने कुराले आफूहरूलाई हर्षित बनाएको नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताउनुभयो ।

    “तल्लो गगनगौँडा क्षेत्रका स्थानीयवासी पुलको अभावमा वडा कार्यालयसम्म आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यतामा छन्”, उहाँले भन्नुभयो, “पुल निर्माण सम्पन्न भएमा बाटो छोटिएर आठ÷१० मिनेटमा पुग्न सकिनेछ ।” कृषिजन्य उत्पादनमा तल्लो गगनगौडा, राजाचौतारा, मालमुल, देउराली आदि स्थान अब्बल मान्निछन् । तरकारीका साथै तेलहनको राम्रो उत्पादन हुने यस स्थानमा पुल बन्न सकेमा उत्पादित बस्तुको बिक्रीवितरणका लागि बजारसँग सहज पहुँच बढाउन सकिन्छ । तल्लो गगनगौँडा हुँदै पोखरा–काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल अपरिहार्य भएको स्थानीय युवा नवराज घिमिरेले बताउनुभयो ।

    पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पनि पुल अपरिहार्य भएको उहाँको भनाइ छ । “गण्डकी विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीका साथै वडाका विभिन्न काम लिएर आउने सर्वसाधारणलाई लक्षित गरी यथासक्य पुल निर्माणको कार्य अघि बढाउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “सङ्घीयताको मर्म र भावनाअनुरुप सेवाग्राहीलाई नजिकबाट सेवा प्रवाह गर्ने सरकारको लक्ष्यलाई साकार पार्न पनि पुलको निर्माणकार्य अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

    तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सिधा र सहज सम्पर्कका लागि पनि यहाँ झोलुङ्गे पुल अपरिहार्य ठानिएको छ । तल्लो गगनगौँडाबाट वडा कार्यालय जोड्ने गरी निर्माण गर्न लागिएको झोलुङ्गे पुल यस क्षेत्रको समृद्धि र विकासका लागि महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो ।

    विस्तृत आयोजना प्रतिवेदन९डिपिआर० अनुसार कूल २९० मिटर लम्बाइमा यो पुल बन्न लागेको उहाँले जानकारी दिनुभयो । गण्डकी विश्वविद्यलायको पठनपाठ सुरु हुने तयारी भइसकेको र तल्लो गगनगाँैडा र आसपासका क्षेत्रबाट वडा कार्यलयसँगको पहुँच सहज बनाउनका लागि पनि पुल निर्माण कार्यलाई चाँडो अघि बढाउनुपर्ने देखिएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.