सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

’तोरी खायो मौरी’ लेवोलको गित युटुववाट हटाउन महासंघको आग्रह


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १५:०६ 
  • चितवन,२७ भदौ । नेपाल मौरी पालक महासंघ चितवनले ’तोरी खायो मौरी’ ले बोलको तीज गीतप्रति आपत्ति जनाएको छ । महासंघले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै खेम सेन्चुरी र कमला घिमिरेको आवाजमा रहेको उक्त तीज गीतप्रति आपत्ति जनाएको हो ।

    कलाकारले आफ्नो अधिकार उपयोगको नाममा तोरी र मौरीबीचको वैज्ञानिक तथ्यप्रति नै खेलवाड गर्दै भ्रामकता फैलाउन खोजेको महासंघको ठहर छ । गीतले भ्रामकता फैलाउन खोजेको भन्दै महासंघले रचनाकार, गायक, गायिका लगायत सम्पूर्ण टिमप्रति खेद प्रकट गरेको छ ।
    गीतमा मौरीले तोरी खादा लट्ठीले हान्ने भन्ने शब्द प्रति महासंघले आपत्ति जनाएको हो । तोरीमा मौरी चरनले ३० प्रतिशतसम्म उत्पादन बढेको तथ्य जानकारी गराउदै महासंघले उक्त गीत बनाउने युनिटलाई नै कारबाहीको माग गरेको छ ।
    महासंघका अध्यक्ष शिवप्रसाद शर्माले उक्त गीतले किसानलाई आक्रोसित बनाएको बताउनुभयो । उहाँले त्यस्ता गीत प्रसारण नगर्न तथा गीत सम्बन्धि समाचार प्रकाशन प्रसारण नगर्न पनि संचारमाध्यमहरुलाई आग्रह गर्नुभयो । यस्तै उक्त गीत तत्काल युट्युबबाट हटाउन पनि विज्ञप्ति मार्फत आग्रह गरिएको छ । दुई महिना अघि सार्वजनिक उक्त गीतको शब्द नेत्र अर्यालले लेख्नुभएको हो । गीतमा खेम सेन्चुरीको संगीत भर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.