राष्ट्रिय
चितवन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को मंगलबारको बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा...
काठमाडौँ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन (बन्दाबन्दी) लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । कोरोनाभाइरस रोकथाम र नियन्त्रणका...
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पतालमा लगेर भर्ना गरिएका एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । सोही परिवारका अर्का एक जनाको भने रिपोर्ट आउन बाँकी छ । तीन जनामध्ये...
काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति...
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आज जारी गर्नुभएको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति...
देबबहादुर कुँबर काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्। सन सिटी अपार्टमेण्टको एबी ब्लकको १५ तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीको ‘र्यापिड डाइग्नोस्टिक...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक/एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालको उपलक्ष्यमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७...
काठमाडौँ । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा...











