सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई कारबाहीको माग गर्दै सांसद र पूर्वप्रहरी महानिरीक्षकले दिए उजूरी


  •    न्युजभित्तो/२२ बैशाख २०७७, सोमबार १९:१५ 
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजूरी दर्ता भएको छ ।

    जनता समाजवादी पार्टीका नेता डा भट्टराईले सांसद अपहरणको आरोप लगाएर आफूहरुको मानवाधिकार हनन एवं मानहानि गरेको जनाउँदै प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र सहयोगी नवीन बस्नेतले आज मानव अधिकार आयोगमा पुगेर डा भट्टराईविरुद्ध उजूरी दर्ता गराउनुभएको हो । उहाँहरुले निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।

    संयुक्त निवेदनमा भनिएको छ, ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानवअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानबिन गरी प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाऊँ ।’

    उजूरीमा जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण गरेको भनी झूटो आरोप लगाई गलत प्रचार गरी आफू र आफ्ना परिवारमा मनोवैज्ञानिक पीडा, अपहेलना र मानसिक क्षति पुर्याएको भन्दै कारवाही गर्न माग गरिएको छ । डा यादवले जसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र प्रदेशसभा सदस्य कौशल यादलगायत आफूसँगै आएका अन्य आफन्तबारे कुनै कुरा उल्लेख नगरी डा भट्टराई तथा विश्वदीप पाण्डेको सम्पर्कमा पुगेपछि बदनियतपूर्वक र राजनीतिक लाभ लिने उद्देश्यबाट प्रेरित भई गम्भीर आरोप लगाएको निवेदकको भनाइ छ ।

    आयोगमा नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले भन्नुभयो “पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा काठमाडौँ आए पनि डा बाबुराम भट्टराईको नेतृत्वमा यसलाई अतिरञ्जित गरिएको, गम्भीर आरोपहरु लगाइएको छ, यसको निष्पक्ष छानबिन गरी कारवाही गर्न माग गर्दछौँ ।”

    अर्का सांसद श्रेष्ठले तनहुँको विकासमा निरन्तर लागिरहेको र आफूले पाउने तलब एवं सुविधासमेत जिल्लाका विकासमा खर्च गरेको व्यक्तिलाई अपहरण जस्तो गम्भीर आरोप लगाएर आफूहरुको चरित्रमाथि दाग लगाउने र मानसिक तनाव दिने काम भएको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्नुभयो ।

    पूर्वप्रहरी महानिरीक्षक खनालले प्रहरी सेवामा आफूले निष्कलंकित भएर ३० वर्ष पुर्याएको योगदानलाई मेट्ने काम गर्दै अपहरणको आरोप लगाएर आफू र परिवारमा मानसिक क्षति पुर्याउने काम भएको जिकिर गर्नुभयो ।

    त्यस्तै फेसबुकलगायत सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई मानहानि गरिएको तथा जातीय सद्भाव भड्काउने शब्द प्रयोग गरी घृणा र द्वेष फैलाउने कार्य गरेको भन्दै डा भट्टराई, जसपाका नेता विश्वदीप पाण्डे र आङ्काजी शेर्पालाई साइबर क्राइमअन्तर्गत कारबाही गर्नका लागि सिफारिस गर्न माग गरिएको छ ।

    उजूरी बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले यसबारेमा निष्पक्ष छानबिन गरिने, प्रमाण जुटाइने, आवश्यक परे सम्बन्धित स्थानमै गएर छानबिन गरिने र मानवाधिकार हनन भए नभएको सत्यतथ्य बाहिर ल्याइने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.