कोशी अस्पतालबाट कोरोना सङ्क्रमित छ जना निको भएर डिष्चार्ज
न्युजभित्तो/२४ बैशाख २०७७, बुधबार १४:०७
विराटनगर । कोशी अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)को उपचार गराइरहेका ३१ मध्ये छ जना निको भइ आज अस्पतालबाट डिष्चार्ज भएका छन् । उनीहरुले उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीको व्यवहारप्रति प्रशन्नता व्यक्त गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्धका कारण आफूहरु छिट्टै निको हुने आशामा छन् ।
धार्मिककार्य गर्न भारतबाट १३ जनाको जमात (समूह) बनाएर आएका ती जमाती (समूह सदस्य)लाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो ।
उनीहरु दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएकोले डिष्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।
डिष्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज (पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र) मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिनुभयो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार अहिले केन्द्रमा कोरोना सङ्क्रमित २५ जना उपचाररत छन् ।
प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अर्को व्यक्तिमा सर्ने यो रोगबाट बच्न र बचाउन भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।
अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएर देशभरका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएका ८२ जनामध्ये २२ जना डिष्चार्ज भएका छन् ।