काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या थपिदै गएपछि सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन (बन्दाबन्दी) लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । यसअघि थप गरिएको लकडाउनको अवधि भोलि सकिदै थियो ।
नेपालमा कोरोना सङ्क्रमितको संख्या ८२ पुगेको छ भने उपचारपछि २२ जना निको भएर डिष्चार्ज भएका छन् ।