सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज राष्ट्रिय पत्रकारिता दिवस


  •    न्युजभित्तो/२४ बैशाख २०७७, बुधबार ११:२७ 
  • काठमाडौँ । आज वैशाख २४, राष्ट्रिय पत्रकारिता दिवस । पाँच वर्षअघि सरकारले आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेयता हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको छ ।

    यो वर्ष कोरोनाभाइरस सङ्क्रमणका कारण भौतिकरुपमा जुटेर खुल्ला कार्यक्रमका साथ यो दिवस मनाउने अवस्था रहेन । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर बैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको हो । वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।

    यसैबीच, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गोरखापत्रको १२० औँ वार्षिकउत्सव तथा पाँचौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै सबै महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– ‘नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना, सञ्चार सम्वन्धी नयाँ कानून र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सबै तहका सरकारहरुले पेलेरै एकपक्षीय ढंगले अघि बढ्छु भन्ने सोंच त्याग्न सकून, सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस्, यही शुभकामना ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.