राष्ट्रिय

पत्रकारमाथि प्रहरीको ज्यादती : चितवन प्रहरी प्रमुखले माफी मागे
-न्युजभित्तो

चितवन । चितवनमा आज पत्रकारमाथि भएको प्रहरी ज्यादतीप्रति चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले माफी माग्नुभएको छ । पत्रकारहरु विनोदबाबु रिजाल, अर्जुन अधिकारी र प्रमिता ढकाललाई समाचार सङ्कलनको क्रममा आज प्रहरीले दुर्व्यवहार गर्दै गिरफ्तार गरेको थियो ।...

झापामा थप एक जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ५२ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ पुगेको छ । आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५२ पुगेको हो । आज साँझ कोरोना पुष्टि भएकाका झापाका ५० वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

‘लकडाउन’ वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ । सरकारले जारी लकडाउन (बन्दाबन्दी) वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सरकारले यसअघि थप गरेको लकडाउनको समयावधि भोलि सकिँदै थियो । सङ्क्रमितको...

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार सङ्क्रमित
-न्युजभित्तो

काठमाडौँ । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र...

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । वीरगञ्जमा आज थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई...

कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल
-न्युजभित्तो

सरोज ढुङ्गेल काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले...

तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी...

कोरोना संक्रमित युवा औपचारिक डिस्चार्ज, तर भरतपुर अस्पतालमै बस्ने
-न्युजभित्तो

चितवन । कोरोना भाईरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका युवा कोरोना भाईरस मुक्तभएर औपचारिक रुपमा डिस्चार्ज भएका छन् । तर उनी अस्पतालकै आईसोलेसनमा बसेका छन् । दुई पटक गरिएको पिसिआर परीक्षणमा कोरोना...

कोरोना प्रभावले आहत भएकालाई लायन्सको राहत
-न्युजभित्तो

चितवन । कोरोना भाईस (कोभिड १९) का कारण आहतमा रहेकालाई लायन्स क्लबहरुले राहत वितरण गरिरहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोग रोकथाम, नियन्त्रण, उपचार र राहतको काममा नेपालका लायन्स क्लबहरुले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका हुन् । लायन्स क्लबहरुले...

नेपालमा कोरोनाभाइरस संक्रमित संख्या ४९ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ४९ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा आज साँझ झापा जिल्ला निवासी ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी अस्पतालको...