मन्त्रिपरिषद्बाट लिम्पियाधुरासहितको नयाँ नक्सा पारित
न्युजभित्तो/५ जेष्ठ २०७७, सोमबार २०:१९
काठमाण्डौँ । मन्त्रीपरिषद्को आजको बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको मन्त्रीपरिषद् बैठकपछि एक मन्त्रीले जानकारी दिनुभयो ।
भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्नुभएको थियो ।
सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने स्पष्ट हुँदाहुँदै भारतले फेरि मिचाहा प्रवृत्ति देखाएको छ । भारतले नेपालको भूमि लिम्पियाधुरा समेटेर नक्सा जारी गर्नुका साथै लिपुलेक हुँदै चीनको मानसरोबर जोड्ने गरी सडक निर्माण गरी उद्घाटनसमेत गरेकोमा नेपालले आपत्ति जनाइसकेको छ।
राष्ट्रपति विद्या भण्डारीले जेठ २ गते संघीय संसदमा सरकारको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा नेपालकै भएको र उक्त भूमिलाई समेटेर नयाँ नक्सा जारी गरिने बताउनुभएको थियो ।