सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शक्तिशाली ‘अम्पुन’ चक्रवात नेपाल प्रवेश गर्दै, सतर्कता अपनाउन सुझाव


  •    न्युजभित्तो/६ जेष्ठ २०७७, मंगलवार ०९:५९ 
  • काठमाडौँ । बङ्गालको खाडीबाट ‘अम्पुन’ नामको शक्तिशाली चक्रवात भारत हुँदै नेपाल आउँदै गरेकोले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने जनाएको छ ।

    चक्रवातले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ ।

    भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । पूर्वतर्फ मनसुन जाँदै गर्दाको अवस्थामा नेपाल छिर्ने यस चक्रवातले अन्य मौसम प्रणालीलाई समेत सक्रिय बनाउन सक्ने मौसमविद्को अनुमान छ, जसले नेपालमा मनसुन भित्र्याउने आवश्यक वातावरण बनाउने छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुझाव मौसमविद्को छ ।

    मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

    मौसम विश्लेषण (Meteorological Analysis):-

    हाल देशमा स्थानीय वायु र चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको देखिन्छ।

    हालको मौसमको अवस्था (Present Weather Status):

    हाल देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही  स्थानहरुमा आंशिक बदली रहेको देखिन्छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    जेठ ६ गते (मंगलबार)

    दिउँसोः देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा  मेघगर्जन  सहित  हल्का  वर्षाको  सम्भावना रहेको छ।

    रातीः  देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा  मेघगर्जन  सहित  हल्का वर्षाको  सम्भावना रहेको छ।

    जेठ ७ गते (बुधबार)

    दिउँसोः देशको  मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य  बदली रही पश्चिमी भू-भागका केही  स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी    भू-भागका  केही  स्थानहरुमा मेघगर्जन सहित  हल्का  वर्षाको  सम्भावना रहेको छ।

    रातीः  देशको मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी   भू-भागका  केही र पश्चिमका थोरै स्थानहरुमा  मेघगर्जन  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    जेठ ८ गते (बिहीबार)

    दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य  बदली रहनेछ।मध्य तथा पूर्वी   भू-भागका  केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    रातीः  देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य  बदली रहनेछ।मध्य तथा पूर्वी   भू-भागका  केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

    देशको मध्य तथा पूर्वी  भू-भागहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।

    (जारी मितिः २०७७-०२–०६, बिहान ०६:०० बजे)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.