सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लकडाउन : पन्ध्र दिन थपियो, जेठ २० सम्म


  •    न्युजभित्तो/४ जेष्ठ २०७७, आईतवार २१:१४ 
  • काठमाडौँ । सरकारले जारी लकडाउन पन्ध्र दिन थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय यही जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नागरिकलाई बचाउन सरकारले यस्तो निर्णय गरेको हो ।

    सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर चैत २५ सम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएपछि सरकारले लकडाउनको अवधी १५ दिन थप गरेको हो । नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या २९५ पुगेको छ। दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

    आजै दिउँसो बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो। सोही सिफारिशका आधारमा १५ दिनको समय थप गरिएको हो । बैठकले कोरोना सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेअनुसार मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउनको समय थप गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.