सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ : थप ६२ जनामा सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित ३५७

"नेपालमा ३१ जिल्लाका नागरिक कोभिड–१९ सङ्क्रमित "

  •    न्युजभित्तो/५ जेष्ठ २०७७, सोमबार १७:१२ 
  • काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या तीन सय ५७ पुगेको छ । आज विहान र दिउँसो गरी थप ६२ जनामा सङ्क्रमण पुष्टि भएपछि कूल सङ्क्रमित सङ्ख्या तीन सय ५७ पुगेको हो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज दिउँसो आयोजित नियमित पत्रकार सम्मेलनमा थप ५३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

    डा. देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलामा, विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना पुरुषमा, भैरहवाको प्रयोगशालामा गुल्मीका एक पुरुषमा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक/एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ। उनीहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका छन् ।

    यसअघि आज बिहान मन्त्रालयले नौ जना सङ्क्रमित थपिएका बताएको थियो । नेपालमा ३१ जिल्लाका नागरिक कोभिड–१९बाट सङ्क्रमित भएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.