राजनीति

सार्क पुनःजीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयासको अपेक्षा
-न्युजभित्तो

-शरच्चन्द्र भण्डारी काठमाडौँ, २१ मङ्सिर। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाइरहँदा अफगान सङ्कट र सङ्गठनको १९ औँ शिखर सम्मेलनको अनिश्चितताले उनीहरूलाई पिरोलिरहेको...

राष्ट्रियसभा सदस्य पन्थद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर । नेपाली कांग्रेका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभयो...

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली
-न्युजभित्तो

काठमाडौं,२१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन्...

राष्ट्रिय सभा चुनाव : पुस २० गते उम्मेदवारी दर्ता
-न्युजभित्तो

काठमाडौं,२१ मंसिर। निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा...

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा
-न्युजभित्तो

कर्णाली, २१ मङ्सिर ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव...

राजेन्द्र लिङ्देनको उदयसँगै क कस्ले देखे गणतन्त्रमाथि खतरा
-न्युजभित्तो

काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको विजयले राष्ट्रिय राजनीतिलाई धेरै तरंगित पारेको छ । लिङ्देनको जीतले राप्रपामा नयाँ ऊर्जा भरिएको विश्लेषण हुनथालेको छ । यसबाट गणतन्त्र पक्षधरहरु भने सतर्क भएका छन् । लिङ्देनको जीतलाई गणतन्त्रमाथिको खतराका...

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सि ।  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताउनुभएको छ । सोे पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उहाँले एमाले,...

बारको आन्दोलन तुहिएको छैनः उपाध्यक्ष भट्टराई
-न्युजभित्तो

काठमाडौं, २१ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार नगरेको पनि बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार...

कांग्रेस प्रदेश नं १ का सभापतिमा उद्धव थापा
-न्युजभित्तो

झापा, २१ मङ्सिर । नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिपदमा उद्धव थापा निर्वाचित भएका छन् । हालै सम्पन्न उनीसहित १४ जना सदस्य निर्वाचित भएका भएका हुन् । निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली,...

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ : श्रममन्त्री श्रेष्ठ
-न्युजभित्तो

दमौली, २१ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव...