सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजेन्द्र लिङ्देनको उदयसँगै क कस्ले देखे गणतन्त्रमाथि खतरा


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १४:४९ 
  • काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको विजयले राष्ट्रिय राजनीतिलाई धेरै तरंगित पारेको छ । लिङ्देनको जीतले राप्रपामा नयाँ ऊर्जा भरिएको विश्लेषण हुनथालेको छ । यसबाट गणतन्त्र पक्षधरहरु भने सतर्क भएका छन् ।

    लिङ्देनको जीतलाई गणतन्त्रमाथिको खतराका रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विश्लेषण गरेका छन् । उनले आज विज्ञप्तिमार्फत नै त्यस्तो उल्लेख गरेका हुन् ।

    राप्रपामा लिङ्देन अध्यक्षमा चुनिएबाट राजतन्त्र र हिन्दु राष्ट्रको कुरा बढी उठ्ने केसीको तर्क छ । यसका भारतको सत्तारुढ भाजपा योजनावद्ध तरिकाले लागेको उनको आरोप छ ।

    यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र खतरामा परेको बताएका छन् । उनले गणतन्त्रमाथि ठूलो षड्यन्त्र भइरहेको बताए । लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित भएपछि यादवको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहारको षड्यन्त्र भइरहेको बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर यसमा संलग्न भएको आरोप लगाउने गरेका छन् ।

    विशेषगरी लिङ्देनको जीतले राप्रपाको राजनीतिमा नयाँ घटना विकास भएसँगै गणतन्त्र पक्षधर नेताहरु सतर्क भएका छन् । यसलाई कतिपयले पूर्व राजा ज्ञानेन्द्र शाहको रणनीति अनुसार भएको बताउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.