सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १४:५५ 
  • कर्णाली, २१ मङ्सिर ।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उनले मनोनयन दर्ता गर्ने बताए । हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री भएका शाही यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र खानेपानीमन्त्री भइसकेका छन् ।

    प्रदेशसभामा कांग्रेसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.