सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा सदस्य पन्थद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १६:१४ 
  • काठमाडौँ, २१ मङ्सिर । नेपाली कांग्रेका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभयो ।

    पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहनुभएका नेता पन्थले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराउनुभएको छ ।

    शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनांै मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उहाँले स्पष्ट पार्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.