सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बारको आन्दोलन तुहिएको छैनः उपाध्यक्ष भट्टराई


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १३:०४ 
  • काठमाडौं, २१ मंसिर । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले बारको आन्दोलन नतुहिएको दाबी गरेका छन् । उनले ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ’ भनेर कसैलाई हारगुहार नगरेको पनि बताए ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले भने, “नेपाल बारको आन्दोलन कदापि तुहिएको छैन । प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतको प्रांगणलगायत देशभरका अदालतमा एक घण्टा शान्तिपूर्ण धर्ना जारी छ । यसमा तपाईंले चिन्ता गर्नुपर्ने कुनै विषय छैन ।”
    अहिले आन्दोलनमा धेरै मान्छे जुटाउने भन्दा पनि सांकेतिक विरोध गरेको उनले दाबी गरे । उनले थपे, “आन्दोलनमा बारका सबै युनिट एकताबद्ध छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले समयसीमाभित्र राजीनामा गर्न नैतिक दबाब दिएका हौं । अहिले नै सबैलाई पेसा व्यवसाय छाडेर धर्नामा आउनोस् भन्ने अवस्था बनेको छैन ।”

    बार उपाध्यक्ष भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका नेताहरुलाई भेटेर प्रधानन्यायाधीशलाई महाभियोग लगाइदेऊ, हामीलाई बचाइदेऊ भनेर हारगुहार नगरेको पनि उनको जिकिर छ । उनले भने, “हामीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामाका लागि दबाब सिर्जना अवश्य गरेका हौं तर न्यायपालिकामा हस्तक्षेप गर्ने दलहरुको शैली र प्रवृत्तिको विरुद्ध आन्दोलित भएका हौं । नेपाल बारले कुनै पार्टीको एजेन्डा बोकेको छैन ।”

    नेपाल बार जनताको न्याय पाउने अधिकारमा आघात पार्नुहुँदैन भन्ने स्पष्ट रहेको पनि उनले बताए । उनले भने, “बहस पैरवी ठूलो कुरा होइन । हाम्रो आन्दोलन अदालत अवरुद्ध गर्नेमा होइन पनि । स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठेपछि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नु राम्रो हो । आन्दोलन स्थगित भएको होइन र छैन । बिहान ११ देखि १२ सम्म धर्ना कायमै छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.