राजनीति
काठमाडौँ,१५ पुस । मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् । यस्तै...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न ओली आज बिहानै बालुवाटारमा पुगेका थिए। उनीहरुबीच शक्ति बाँडफाँट र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...
काठमाडौं,१४ पुस। सत्ता गठबन्धनका दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलले ५ दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । आज बिहीबार बालुवाटारमा बसेको बैठकले नेकपा (एमाले)...
काठमाडौँ,१४ पुस। सरकारले सुरक्षा निकायका पदाधिकारीहरुले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने बताएको छ । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई दलका नेता र राजदूतलाई आफूखुसी भेट्न रोक लगाएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज बिहीबार जारी गरिएको...
चितवन, १४ पुस । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनु भएको छ । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन...
चितवन,१४ पुस । नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा...
काठमाडौं,१४ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहरालाई रविले सचिवालयको नेतृत्व दिएका हुन् । बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो । तर,...
काठमाडौँ,१४ पुस । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र...
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बस्दै छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल हुने बुझिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन...
काठमाडौं,१२ पुस । एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।...










