सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा निकायका पदाधिकारीले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने


  •    न्युजभित्तो/१४ पुष २०७९, बिहीबार १४:४३ 
  • काठमाडौँ,१४ पुस। सरकारले सुरक्षा निकायका पदाधिकारीहरुले अवदेखि आफूखुसी नेता र राजदूत भेट्न नपाउने बताएको छ । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई दलका नेता र राजदूतलाई आफूखुसी भेट्न रोक लगाएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज बिहीबार जारी गरिएको विज्ञप्तिमा सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्न नपाउने तर विशेष कारणले भेट्नै परे विभागीय पूर्वस्वीकृति लिनुपर्ने निर्देशन दिइएको छ ।

    आफ्नो कामको सिससिलाबाहिर गएर भेट्दा पनि अब सुरक्षा निकायका अधिकारीहरुले अनिवार्य विभागीय स्वीकृति लिनुपर्ने नियम लागू भएको छ । सरकारको निर्देशनविपरीत पूर्वस्वीकृति नलिइ यसरी कूटनीतिक नियकाका अधिकारी र दलका नेताहरुलाई भेटेमा कारबाही हुने चेतावनी दिएको हो ।

    गृह मन्त्रालय मातहतमा अहिले रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । यसअघि सरूवा बढुवादेखि संवैधानिक निकायमा नियुक्तिका लागि सुरक्षा अधिकारीहरु दलका नेताका घरदैलोमै धाउने चलन रहेको थियो । गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएसँगै सुरक्षा पदाधिकारीहरुले आफूखुसी भेटघाट गर्न नपाउने नियम ल्याएका हुन् ।

    यस्तो छ हेर्नुस् गृह मन्त्रालयले निकालेको विज्ञप्ति

    गृह मन्त्रालयले निकालेको विज्ञप्ति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.