राजनीति
काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् । काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन,...
चितवन, २३ जेठ । भरतपुर वडा नम्बर १७ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच वडालाई महानगरको १० औँ बालमैत्रीको रुपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र...
महेन्द्रनगर (धनुषा), २३ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । सभापति...
भक्तपुर, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ । नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज...
काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको जिकिर गर्दै संसदको जारी अवरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले ‘भिजिट भिसा प्रकरण’ लाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी...
रौतहट, २२ जेठ । अहिलेसम्म आफूले भ्रष्टाचार नगरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा उनले भने, ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन ।...
काठमाडौं, २२ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेता नेपालविरुद्ध १८...
काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालजस्तो जैविक विविधताले...
काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन...
काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताउनुभएको छ । आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै नेपालले नगन्य मात्रामा...











