सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ’


  •    न्युजभित्तो/२२ जेष्ठ २०८२, बुधबार १४:०४ 
  • काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताउनुभएको छ ।

    आज साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताउनुभयो । यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

    सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    उहाँले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै अब नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    सो अवसरमा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपालमा नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोग बढाएर कोइलाजस्ता जीवाष्म ऊर्जाको प्रयोग बन्द गर्न सबैको पहल आवश्यक रहेकामा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.