सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवाले भने ‘गृहमन्त्रीले राजीनामा दिने कारण छैन’


  •    न्युजभित्तो/२३ जेष्ठ २०८२, बिहीबार १६:३० 
  • काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको जिकिर गर्दै संसदको जारी अवरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

    उनले ‘भिजिट भिसा प्रकरण’ लाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले गरिरहेको संसद अवरोधप्रति लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्।

    बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले गृहमन्त्रीको बचाउ गर्दै भने, ‘ अब त खुल्नुपर्ने हो। अब खुल्छ। किन राजीनामा दिने भन्यारु’

    उनले कतिपय विषयमा असहमति हुनसक्ने तर त्यसकै आधारमा राजीनामा मागिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। सभापति देउवाले वर्तमान सत्ता गठबन्धन, सुदृढ रहेको र सहज रूपमा अघि बढिरहेको बता‌ए। पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले वर्तमान सरकारले आफ्नो कार्यकाल २०८४ सालसम्मै पूरा गर्ने दाबी समेत गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.