सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग


  •    न्युजभित्तो/२२ जेष्ठ २०८२, बुधबार १५:१३ 
  • काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो ।

    सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गर्नुभयो । “निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ”, उहाँले भन्नुभयो, “छानबिनमा सत्तारुढ दल एमाले र कांगे्रेसले पनि सहयोग गर्नुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.