सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छ’


  •    न्युजभित्तो/२३ जेष्ठ २०८२, बिहीबार १६:४८ 
  • भक्तपुर, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनु भएको छ ।

    नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उहाँले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताउनुभयो ।

    महासचिव पोखरेलले भन्नुभयो, “अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।”

    मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताउनुभयो ।

    उहाँले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले नागरिकको सोचाई र धारणाअनुसार सूचना प्रविधिमैत्री, एआई, सामाजिक सञ्जाल, अनलाइन र मल्टी मिडियालाई प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य जनतामाझ लैजानु पर्ने बताउनुभयो ।

    बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामालगायतले मिसन ०८४ सफल पार्न र पार्टी नेतृत्व तथा सरकारमाथि भएका गलत प्रचार विरुद्ध सामाजिक सञ्जाल र समाचारमार्फत प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

    दुईदिने कार्यशालाको पहिलो दिन आज पार्टी नेता विष्णु रिजालले पार्टी प्रचार र प्रविधि, मातृका पौडेलले नेपाली मिडिया र एजेण्डा सेटिङ, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले माक्र्सवाद र समाजवादबारे प्रशिक्षण दिने जनाइएको छ । दोश्रो दिन नेता राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली, भक्तकुमारी लामाले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.