सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वातावरणीय न्यायको पक्षमा आवाज बुलन्द गर्न अध्यक्ष दाहालको आग्रह


  •    न्युजभित्तो/२३ जेष्ठ २०८२, बिहीबार १४:३८ 
  • काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

    विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषिप्रधान मुलुकमा वातावरणमैत्री जीवनशैली विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

    तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको मुलुकमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर बन्दै गएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्लास्टिकको प्रयोग कम गर्न र पुनःप्रयोगलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली विकास गर्न र वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा आग्रह गर्दछु ।”

    आजको आवश्यकता वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा खबरदारी गर्दै सक्रियता बढाउनु रहेको अध्यक्ष दाहालको भनाइ छ । “हिमाल, हिमशृङ्खला र हिमाली जनजीवन जोगाउन, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

    सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहर व्यवस्थापन जटिल चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले प्लास्टिकजन्य प्रदूषण आजको प्रतिस्पर्धी पुँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम भएको धारणा राख्नुभयो ।

    “प्लास्टिकजन्य प्रदूषण वातावरणीय सन्तुलन बिग्रनुका साथै जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीमा दीर्घकालीन असर पु¥याइरहेको छ, त्यसैले यो समस्या समाधान गर्न सबै सरोकार भएका निकाय एकजुट भएर समन्वय गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

    पूर्वप्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय सुरक्षासम्बन्धी विषयवस्तुलाई नीति निर्माणको मुद्दा बनाउनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असर, क्षतिपूर्तिलगायत जलवायु न्यायका विषयमा दृढतापूर्वक आवज उठाउँदै आएको स्मरण गर्नुभयो ।

    पर्वतीय मुलुकको समस्या, हरित ऊर्जा, जलवायु अनुकूलन रणनीति र वातावरणमैत्री नीतिहरूलाई केन्द्रमा राख्दै नेपाललाई हरित विकासको मार्गमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आज ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसका संसारभर मनाइँदैछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.