राजनीति

मधेस सबै समुदायको साझा घर होः मुख्यमन्त्री यादव
-न्युजभित्तो

जनकपुरधाम, २१ पुस । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामथ्र्य र शक्ति भएको बताउनुभयो । उहाँले मधेसको वास्तविक शक्ति एकतामा रहेको...

महिलामैत्री नीतिका कागजमा मात्र सीमित नरही व्यवहारमा कार्यान्वयन हुनुपर्छः मन्त्री सिन्हा
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले महिलामैत्री नीति कागजमा मात्र सीमित नरही व्यावहारिक रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । महिलालाई उद्यम, व्यवसाय र स्टार्टअप क्षेत्रमा वास्तविक पहुँच र अवसर दिन नसकेसम्म नीतिको औचित्य पुष्टि...

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
-न्युजभित्तो

दमौली (तनहुँ), २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार...

प्रतिनिधिसभा निर्वाचनःकर्णालीमा दश लाख ३७ हजार मतदाता कायम
-न्युजभित्तो

कर्णाली, २१ पुस । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष...

भौतिक पुर्वाधार पुनःनिर्माण कोषमा रु १३ करोड ३५ लाख सङ्कलन
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको...

गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका प्रतिनिधिको छलफल
-न्युजभित्तो

काठमाडौँ, २० पुस । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ ।  भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र सङ्घीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै समुदायले...

‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’
-न्युजभित्तो

ताप्लेजुङ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताउनुभएको छ ।  प्रेस चौतारी ताप्लेजुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुनेरनहुने र पार्टी सहभागी हुनेरनहुने...

महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ: प्रदीप ज्ञवाली
-न्युजभित्तो

गुल्मी, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गर्नुभएको छ । उहाँले...

प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट
-न्युजभित्तो

काठमाडौँ, २० पुस । प्रधानमन्त्री सुशीला कार्कीलाई आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेटेर थारू राष्ट्रिय माघी महोत्सवको निम्तो दिएको छ ।  महोत्सवको मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई आगामी माघ १ गते...

बैतडीमा थपियो मतदाता, बढाइयो पाँच मतदान केन्द्र
-न्युजभित्तो

दशरथचन्द (बैतडी), २० पुस । बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् । यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत...