सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा निर्वाचनःकर्णालीमा दश लाख ३७ हजार मतदाता कायम


  •    न्युजभित्तो/२१ पुष २०८२, सोमबार ११:५६ 
  • कर्णाली, २१ पुस । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो ।

    यसमा सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता सङ्ख्या रहेको छ ।

    त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुको ३६ हजार ३१ र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता सङ्ख्या रहेको छ ।

    त्यस्तै, १० जिल्लाको लागि नौ सय ४१ मतदानस्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाइँले जानकारी दिनुभयो । सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेको उहाँले बताउनुभयो ।

    त्यसैगरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।

    सूचना अधिकारी चौलागाइँका अनुसार विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् । यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.